२०८२ जेठ २४ शुक्रबार

राशिफल

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित

काठमाण्डौ  :  प्रदेश-१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित हुनुभएको छ ।

सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । सभामुख गौतमले आजै शपथ लिने तयारी छ । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने तयारी भएको छ ।