काठमाण्डौ : श्रीलङ्कासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला घरेलु टोली भारतले एक खेल अगावै जितेको छ ।
हिजो भएको दोस्रो एकदिवसीयमा श्रीलङ्का ४ विकेटले पराजित भयो । जितका लागि २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले ४३ ओभर २ बलमा ६ विकेट गुमाउँदै भेट्टायो ।
भारत पहिलो खेलमा ६७ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको थियो ।
तपाइँको प्रतिक्रीया