२०८२ जेठ २४ शुक्रबार

राशिफल

सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज चुनाव हुँदै

काठमाडौं  :  सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज चुनाव हुँदैछ । हिजो भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि चुनाव हुन लागेको हो ।

सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ ।

हिजो भण्डारीले २६ र रावलले २३ मत पाउनु भएको थियो । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ ।