२०८२ जेठ २३ बिहीबार

राशिफल

नवलपरासीमा आज ट्रक र भ्यान ठोक्किँदा एक जनाको ज्यान गयो

काठमाण्डौं :  नवलपरासी बर्दघाट सुस्तपश्चिमको सुनवलमा आज ट्रक र भ्यान ठोक्किँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ मा रहेको अल्कत्रेडाँडामा ना ४ च ९६३१ नम्बरको भ्यान र ना ५ ख ९७१५ नम्बरको कोइला बोकेको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका भ्यान चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–२३ का २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–३ का ४८ वर्षीय कान्छा तामाङलाई प्रहरीले पक्राउ गरेको छ।