काठमाडौं : सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो ।
बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाइएको थियो ।
पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रोपटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए ।
तपाइँको प्रतिक्रीया