२०८२ जेठ २३ बिहीबार

राशिफल

बाग्मती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित

काठमाडौं  : बाग्मती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनवाट पाठक सभामुखमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् भने विपक्षमा ४९ मत परेको छ । यसैगरी, सो निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए । पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनको समर्थन रहेको थियो ।

बाग्मती प्रदेश सभाका लागि तीन जनाको उम्मेदवारी परेको थियो । जसअनुसार आज भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।