२०८२ जेठ ३१ शुक्रबार

राशिफल

जबरजस्ती करणी गरेको आरोपमा सोलुखुम्बुमा एक व्यक्ति पक्राउ

काठमाडौं  : सोलुखुम्बुमा नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-२ का २५ वर्षीय विक्रम श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राम किशोर शाहका अनुसार एक १५ वर्षीया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा श्रेष्ठलाई शुक्रवार हिजो घरबाटै पक्राउ गरिएको हो ।

युवक उपर जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।