२०८२ जेठ २४ शुक्रबार

राशिफल

मधेश प्रदेशको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने

काठमाडौं  : मधेश प्रदेशको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ ।

प्रदेश सभामा शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको हो । दलहरुले प्रस्ताव गरेको उम्मेदवारको नामावली आज दिउँसो साढे ३ बजे प्रकाशन हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ ।

प्रस्ताव भएको नामहरु आगामी माघ २ गते बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।