काठमाडौं : सर्लाही सर्लाहीको छुट्टाछुट्टै ठाउँबाट स्रोत नखुलेको १२ लाख ४५ हजार रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक भारतीय नागरिक तथा ४ जना नेपाली रहेका छन् । पक्राउ पर्नेहरुमा भारत सीतामढीका १९ वर्षीय राहुल महतो, काठमाण्डौको मनोहराका ३२ वर्षीय प्रल्हाद चापागाईँ, ३६ वर्षका शिव चापागाईँ, ४८ वर्षका कृष्ण दाहाल र २७ वर्षका सनम बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीहरूले प्रयोग गरेको प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइँको प्रतिक्रीया