२०८२ जेठ ३१ शुक्रबार

राशिफल

आज काठमाण्डौको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने अनुमान

काठमाण्डौ  :आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

अहिले पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली नै रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । तर पानी भने पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

आज काठमाण्डौको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसम बदलीसँगै हिमपात हुन लागेको हो । तर, पानी पर्ने गरी भने यो प्रणाली सक्रिय नभएको मौसमविद्ले बताएका छन् ।