काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दलहरुबाटै सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा उचित नभएको बताउनुभयो । संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा अव्यावहारिक रहेको भन्दै उहाले दलहरुले आफैंमाथि अविश्वास गर्न नहुने धारणा राख्नुभयो । नेम्वाङले सभामुखले कसैको दवाव र प्रभावमा नपरि सवैको भावना अनुसार काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानून बिरोधाभाष रहेकाले संशोधन गर्नुपर्ने बताउनुभयो ।
तपाइँको प्रतिक्रीया