२०८२ जेठ ३१ शुक्रबार

राशिफल

देशका सुदूरपश्चिम र कर्णालीका हिमाली जिल्लामा हिमपात

काठमाण्डौ  : देशका धेरै ठाउँमा तुवाँलो लागेको छ । लामो समयदेखि पानी नपर्दा वायुमण्डलमा प्रदूषण थुप्रिदा तुवाँलो लागेको मौसमविद्ले बताएका छन् ।

यसपालिको हिउँदमा अहिलेसम्म जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि जमिन भिज्ने गरी पानी नपर्दा सुक्खापन बढेको छ । केही दिनयता देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । तर पानी भने पर्न सकेको छैन ।

आज पनि कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काललाई जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन ।

तर अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात भने भइरहेको छ । एक र दुई दिनको मौसम अब यस्तै रहने उहाँले बताउनुभयो । काठमाण्डौसहित पहाडी जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बदलीको अनुमान छ ।