२०८२ जेठ २२ बुधबार

राशिफल

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० मा आज सेमिफाइनलका खेल हुँदै

काठमाण्डौ  :  प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछन् ।

सुनसरीको इटहरीमा भइरहेको प्रतियोगितामा आज पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश खेल्दै छन् । यो खेल अहिले केहीबेरमा हुनेछ । सुदूरपश्चिम समूह ुएु को विजेता र मधेस प्रदेश समूह ुबीु को उपविजेता टोली हो ।

आज नै हुने दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । प्रदेश १ समूह ‘बी’ को विजेता र एपीएफ समूह ए को उपविजेता हो ।

प्रतियोगितामा आठ टोली सहभागी भएकोमा दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको फाइनल खेल भोलि शनिवरा हुनेछ । उपाधि विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।