काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्युपछि आफ्नो शरीरका सम्पूर्ण अंगहरु दान गर्ने घोषणा गर्नुभएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा शुक्रबार काठमाडौंको आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपछि सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्नुभएको हो ।
कार्यक्रममा उहाँले केन्द्रले विपन्न बिरामीको निःशुल्क डायलसिस गरेको र स्वदेशमै प्रत्यारापण गरेर सजिलो बनाएको भन्दै प्रत्यारोपण केन्द्रको प्रशंसा पनि गर्नुभयो ।
तपाइँको प्रतिक्रीया