२०८२ असार १ आइतबार

राशिफल

विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको कांग्रेस सांसद रामहरि खतिवडाको भनाई

काठमाडौं : नेपाली कांंग्रेसले प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको जनाएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको भन्दै गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको त होइन भन्दै प्रश्न गर्नुभयो ।

गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउदै उहाले अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत रहेको र यसलाई सच्चाउनुपर्ने माग गर्नुभयो ।