२०८२ जेठ ३० बिहीबार

राशिफल

तनहुँमा भिरबाट लडेर एक जनाको ज्यान गयो

काठमाण्डौ  : तनहुँमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । हिजो भिरबाट लडेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको ज्यान गएको हो ।

अर्जेलको धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर ज्यान गएको भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।