२०८२ जेठ २७ सोमबार

राशिफल

सुनको भाउ घट्यो

काठमाण्डौ :  हप्ताको पहिलो दिन आज सुनको भाउ केही घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ सस्तो छ ।

आज सुनको भाउ तोलाको १ लाख ५ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तोलामा १ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।