२०८२ जेठ २४ शुक्रबार

राशिफल

माओवादी केन्द्रको बुधबार स्थायी समिति र १५ माघमा केन्द्रीय समिति बैठक

काठमाडौं  : नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।

सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सोअघि ११ माघ  बुधबार स्थायी कमिटी बैठक बस्नेछ ।  दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरी केन्द्रीय समितिवाट अनुमोदन गरिनेछ ।