काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न नसकिने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाचौं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दैै अध्यक्ष ओलीले सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेमा हुने गरेकाले देशतिर ध्यान जान नसकेको बताउनुभएको हो । उहाले यस्तो अवस्थाबाट माथि उठ्न नसकेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने बताउनुभयो । साच्चैकै लोकतान्त्रीक अभ्यास गर्ने र स्वस्थ तवरले चल्ने हो भने समाजलाई मद्धत पुराउन सकिने भन्दै ओलीले पद्धतीलाई ठिक बाटोमा लैजाने जिम्मेवारी आफुहरुको भएको धारणा राख्नुभयो ।
त्यस्तै ओलीले ४८ सालको चूनावी घोषणापत्र लेख्दा नै आफुले आयुर्वेद स्वास्थ्यलाई प्राथमिकता दिइएको र आगामी दिनमा पनि यस क्षेत्रको सुधारका लागि सरकारसंग आवश्यक छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
तपाइँको प्रतिक्रीया