२०८२ जेठ २५ शनिवार

राशिफल

नवनिर्वाचित उपसभामुख रानाले आज पद तथा गोपनीयताको शपथ लिने

काठमाण्डौ  : प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ ।

प्रतिनिधि सभाको माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुभएको हो ।

गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट निर्वाचित हुनुभएको थियो । उहाँले आजै उपसभामुख पदको शपथ लिँदै हुनुहुन्छ ।