काठमाडौं : बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ ।
पाँच सदस्यीय मन्त्रालय निर्धारण कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।
कार्यदलले आज मुख्यमन्त्री जम्मकट्टेललाई ११ वटा मन्त्रालय बनाउने रायसहितको प्रतिवेदन पेश गर्ने छ । त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ । आज दिउँसो बाँकी ८ मन्त्रीलाई शपथ ग्रहण गराउने कार्ययोजना बनाइसकेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
थपलियाले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा गरी तीन दल मात्रै सरकारमा जाने तयारी भएको बताउनुभयो ।
तपाइँको प्रतिक्रीया