२०८२ जेठ २७ सोमबार

राशिफल

बलात्कारको आरोपमा पक्राउ गरेका मनोज पाण्डे दोषी ठहर

काठमाण्डौ :  जिल्ला अदालत काठमाण्डौले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले हिजो पाण्डेविरुद्ध बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो । अदालतले सजाय भने अर्को पेसी तोकेर निर्धारण गर्ने भएको छ । बाल यौन दुर्व्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने मुलुकी ऐनमा व्यवस्था छ तर अदालतले सजाय निर्धारण गर्न बाँकी छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ असार १ गते पाण्डेविरुद्ध जबरजस्ती करणी र यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दायर गरेको थियो । एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो ।