२०८२ जेठ २५ शनिवार

राशिफल

बाग्मती प्रदेशमा आज नियुक्त हुने आठ जना मन्त्रीको टुङ्गो

काठमाडौं   : बाग्मती प्रदेश सरकारले आज नियुक्त हुने आठ जना मन्त्रीको टुङ्गो लगाएको छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका हुन्।

एमाले सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ भने रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय र केशव पोख्रेलले प्रदेशको पशुपक्षी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालले भौतिक मन्त्रालयको जिम्मेवारी पाउँदा माओवादीकी सांसद कुमारी मोक्तानलाई फेरि सामाजिक विकास मन्त्री बनाइएको छ । यसैगरी माओवादी केन्द्रले गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला मन्त्रीमा नियुक्त गर्ने तयारी गरेको छ ।

राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री हुनुहुने भएको छ भने पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय पनि राप्रपाले पाउने भएको छ ।