काठमाडौं : नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने तयारी गरेको छ ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार, हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको हो ।
गत २९ पुसमा भूसालले एकीकृत समाजवादी प्रवेशको घोषणा गरेका थिए । भूसालले तत्कालै एकीकृत समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरेको थियो ।
अहिले सचिवालय सदस्यकै भूमिकामा रहेका भूसाललाई महासचिव बनाउनेगरी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । २१-२२ माघमा बोलाइएको बैठकबाट भूसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भएको छ ।
तपाइँको प्रतिक्रीया