२०८२ जेठ २३ बिहीबार

राशिफल

सुनको भाउ आज ११ सय रुपैयाँले घट्यो

काठमाण्डौ  :  हिजो भाउ बढेर अहिलेसम्मकै महँगो भएको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । हिजो तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै अस्थिर छ।

पछिल्लो अवस्थालाई हेर्दा भने भाउ बढ्न सक्ने अनुमान रहेको महासङ्घले जनाएको छ । अन्य क्षेत्रको लगानी सुरक्षित नहुँदा विश्व बजारमा अहिले सुनमा लगानी बढ्दै गएको छ । यसले गर्दा भाउ बढिरहेको छ ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ ।