२०८२ जेठ २२ बुधबार

राशिफल

इजरायलमा बन्दुकधारीको आक्रमणमा परि सात जनाको ज्यान गयो

इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा परि कम्तीमा सात जनाको ज्यान गएको छ ।

दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहानको घटना भएको हो ।

जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् । जेरुसेलममा भएको आक्रमणको जिम्मा अहिलेसम्म कसैले नलिएको बीबीसीले जनाएको छ ।