२०८२ जेठ २२ बुधबार

राशिफल

अमेरिकी उपमन्त्री नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाण्डौ  :  नेपाल भ्रमणमा आउनुभएकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै हुनुुहुन्छ ।

हिजो वासिङ्टन डीसीबाट सिधै नेपाल आउनुभएकी उहाँले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेन्डामा छलफल गर्न लाग्नुभएको हो । उहाँले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाण्डौमा रहेको अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्नुहुनेछ ।

नुल्यान्डले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकन गर्ने भन्दै दूतावासले नेपालको सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको उल्लेख गरेको छ ।