काठमाण्डौ : काठमाण्डौको बौद्ध फूलबारीमा आगलागी भएको छ । गएराति सवा ९ बजे काठमाण्डौ महानगरपालिका ६ मा रहेको सोनाम शेर्पाको दुई तले जस्ताको टहरामा आगलागी भएको हो ।
आगलागीबाट टहरा पूरै जलेको बौद्ध प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया