२०८२ जेठ २२ बुधबार

राशिफल

भारतको झारखण्डमा आगलागीमा १४ जनाको ज्यान गयो, १२ जना घाइते

भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराती आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा परि ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन ।

सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् ।