२०८२ जेठ २३ बिहीबार

राशिफल

सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ  :  हिजो तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ६ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउ तल माथि भईरहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।