२०८२ जेठ २१ मङ्गलबार

राशिफल

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाण्डौ :  साफ २० वर्षमुनिको महिला च्याम्पियनशिप आज शुक्रवारदेखि सुरु हुँदैछ । बङ्गलादेशमा सुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान गरी चार टोली सहभागी छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा सुरु हुनेछ । त्यसअघि भारत र भुटानबीच दिउँसो पौने ३ बजे खेल हुनेछ ।

आजदेखि सुरु हुने प्रतियोगिता २६ गते बिहीवारसम्म चल्नेछ । नेपालले दोस्रो खेल आइतवार भुटानसँग र तेस्रो खेलमा मङ्गलबार भारतसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीबीच बिहीवार फाइनल खेल हुनेछ ।