२०८२ जेठ २२ बुधबार

राशिफल

झापमा दुई वटा ट्रक एकआपसमा ठोकिँदा दुई जनाको ज्यान गयो

काठमाडौं   :  झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक एकआपसमा ठोकिँदा आज बिहान दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ना ३ ख ८३११ नम्बरको ट्रकका चालक मदन चौधरी र त्यही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

उहाँका अनुसार पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।