२०८२ जेठ २३ बिहीबार

राशिफल

कांग्रेस नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक बोलाएको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा कांग्रेसले आफू नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बोलाएको हो । बैठक कांग्रेस संदीय दलको कार्यालयमा शनिबार बिहान ११ बजेका लागि बोलाइएको कांग्रेसका नेताहरुले बताएका छन् ।

बैठकमा नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने तयारी गरेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।