काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्दै छ ।
पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
बिहीबार बोलाइएको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको थियो भने शुक्रबार अन्तिम समयमा आएर स्थगित भएको थियो ।
माओवादीको बैठकमा गृह मन्त्रालय र नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।
तपाइँको प्रतिक्रीया