२०८२ जेठ २२ बुधबार

राशिफल

खोटाङमा भिरबाट लडेर एक वृद्धको ज्यान गयो

काठमाडौं :  खोटाङमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

घर नजिकैको भिरबाट लडेर रावाबेसी गाउँपालिका–४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय बिर्खबहादुर गुरुङको ज्यान गएको हो ।

हिजो बेलुका हिँडिरहेका बेला भिरबाट दुई सयमिटर तल खसेर गम्भीर घाइते हुनुभएका गुरुङको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटामै ज्यान गएको प्रहरीले जनाएको छ ।

दिक्तेल लैजानेक्रममा रावाबेसी गाउँपालिका–१ कुभिन्डे वडा कार्यालय नजिकै पुगेपछि गुरुङको ज्यान गएको स्थानीयले बताएका छन् ।