२०८२ जेठ २२ बुधबार

राशिफल

प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं  : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  हाल देशको पहाडी भु-भागमा आंशिक बदली रही तराईका धेरै भु-भागहरुमा हुस्सुरकुहिरो लागेको छ।

आइतवार दिउँसोː प्रदेश नं.१ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं। १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइवार रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं. १का हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका तराईका भू-भागमा लागेको हुस्सुरकुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।