२०८२ असार १० मङ्गलबार

राशिफल

बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ बैठक आज आइतबार बस्ने भएको हो । प्रदेशसभा सचिवालय हेटौँडाले आज २ बजेका लागि आह्वान गरेको हो ।

गत माघ ३ गते मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक २२ गते दिउँसो २ बजे बस्ने भएको हो ।

प्रदेशसभाका बैठक बस्नुअघि आज नै बिहान ११ बजे सर्वदलीय बैठक बस्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । उक्त सर्वदलीय बैठकले दिउँसो बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने प्रवक्ता गुप्ताले बताए ।

आज बस्ने प्रदेशसभा बैठकमा संसदीय समितिको विषयले प्रवेश पाउने र समितिका सभापतिको निर्वाचनको कार्यक्रम निर्धारण गर्ने सम्भावित कार्यसूची रहेको उनको भनाई छ ।