२०८२ जेठ २६ आइतबार

राशिफल

सुनको मूल्य आज दुई हजार रुपैयाँ घट्यो

काठमाडौं  : आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

तोलामा एक लाख छ हजार एक सय रूपैयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँ घटेर एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।