काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल प्रदेश नं १ का पहाडी भू-भागमा आन्शिक बदली तथा तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागिरहेको अवस्था छ ।
सोमबार दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार रातीː देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तपाइँको प्रतिक्रीया