२०८२ जेठ २१ मङ्गलबार

राशिफल

चीनमा ५ सवारीसाधन आपसमा ठोक्किंदा १६ जनाको मृत्यु, ६६ घाइते

चीनको हेनान प्रान्तमा ५ वटा सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा ६६ जना घाइते भएका हुन् । घाइते मध्ये ८ जनाको अवस्था भने गम्भीर रहेको छ । दुर्घटना भएपछि केही सवारीसाधनमा आगलागी समेत भएको छ ।

ठक्करबाट अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएको हेनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी विभागले जनाएको छ ।