२०८२ जेठ २१ मङ्गलबार

राशिफल

टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प प्रभावित क्षेत्र गाजिएनटेपमा लगभग २० लाख जनसङ्ख्या छ । त्यसमध्ये धेरैजसो सिरियाली शरणार्थी रहेका बीबीसीले जनाएको छ ।

भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।