२०८२ असार ३ मङ्गलबार

राशिफल

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

काठमाडौं  : वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका लागि पाँच नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले आयोजना गर्न लागेको डब्लुपिएको अक्सनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउण्डर सीता रानामगर, अलराउण्डर कविता कुँवर, तिव्र गतिकी बलर अश्मिना कर्माचार्य र ब्याटर तथा उपकप्तान इन्दु बर्माले आफनो नाम दर्ता गराएका हुन् । बिसााईको अक्सन १३ फेब्रुअरीमा  मुम्बईमा हुनेछ ।

सो अक्सनका लागि अहिलेसम्म एक हजार पाँच सय खेलाडीले नाम दर्ता गराएका छन् र अक्सनका लागि खेलाडीको अन्तिम सूची यसै साता सार्वजनिक गरिने छ ।