२०८२ जेठ २६ आइतबार

राशिफल

सुनको मूल्य आज बढ्यो

काठमाडौ  : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २०० रुपैयाँले बढेको हो । यसअघि मंगलबार स्थिर रहेको सुनको मूल्यआज बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।