काठमाण्डौ : बङ्लादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले बङ्लादेशसँग खेल्दैछ ।
खेल ढाकामा बेलुका पौने ६ बजे हुनेछ । आज घरेलु टोली बङ्लादेशलाई पराजित गर्दै उपाधि जित्ने नेपालको दाउ छ । नेपालका मुख्य प्रशिक्षक यम गुरुङले कडा प्रतिस्पर्धा गर्ने बताएका छन् ।
तर, घरेलु टोलीलाई पराजित गर्न सजिलो भने छैन । बङ्लादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले पनि फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।
तपाइँको प्रतिक्रीया