२०८२ जेठ २२ बुधबार

राशिफल

केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौं :  सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।

दिउँसो ३ बजेको लागि बोलाएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच सिंहदरबार छलफल जारी छ ।

वुधबार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको सहमतिपछि आजको लागि बैठक तय भएको थियो ।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको छ ।