२०८२ जेठ २२ बुधबार

राशिफल

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

काठमाडौं  : सुदूरपश्चम प्रदेशको मुख्यमन्त्रीमा कमल शाल नियुक्त भएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासकोमत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले  कांग्रेस प्रदेश संसदिय दलका नेता कमल शाहले मुख्य मन्त्रीमा दावी पेश गरेका थिए।

शाहले गरेको दावी पेश अनुसार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।