२०८२ जेठ २३ बिहीबार

राशिफल

भक्तपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो

काठमाण्डौ  : भक्तपुरको जगातीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

बा ४ ख ८९१२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बा ९९ प ३४८५ नम्बरको स्कुटर दुर्घटनामा परेको र स्कुटर चालक धनकुटाकी ३९ वर्षकी ओमकुमारी श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।