काठमाडौं : देशका केही भू-भागमा पनि मौसममा बदली भएको छ । पश्चिमी वायूको न्यून चापीय प्रभाव नेपालमा पनि परेको हो ।
आज प्रदेश नं.१, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।
तपाइँको प्रतिक्रीया