२०८२ जेठ २३ बिहीबार

राशिफल

राष्ट्रपति भण्डारीले सांसदलाई शीतल निवास बोलाइन्

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई शनिबार दिउँसो शीतल निवासमा बोलाउनुभएको छ ।

उहाँले शनिबार दिउँसो ३ बजेका लागि सांसदलाई शीतल निवासमा बोलाउनुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लिलाकान्त पौडेलले जानकारी दिनुभएको हो । राष्ट्रपति भण्डारीले सांसदहरूलाई बधाई तथा शुभकामना दिनका लागि बोलाउनुभएको उहाँले बताउनुभयो ।

सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित भइरहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा उहाँले सांसदहरूलाई शीतल निवासमा बोलाउनुभएको हो ।