२०८२ जेठ २५ शनिवार

राशिफल

भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल आउँदै

काठमाण्डौ   :  भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल आउँदै हुनुहुन्छ ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उहाँ नेपाल आउन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ काठमाण्डौ आएलगत्तै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने तयारी छ ।

संयन्त्रको बैठक १७ महिनापछि बस्न लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुनेछ ।

आज र भोलि नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याल लगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम छ ।